सुनचाँदी व्यवसायी पसल बन्द गरेर सडक आन्दोलनमा
पाेखरा | जेठ २९, २०८२
पोखरा: नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा आपत्ति जनाउँदै आज देशभरका सुनचाँदी व्यवसायीहरुले पसल बन्द गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघले आज र भोली पसल बन्द गर्दै बजेटमा आपत्ति जनाएका हुन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनमा विलासिता कर लगाएको , सुनका गहनामा प्रयोग हुने बहुमुल्य पत्थर र हिरामा १३ प्रतिशत भ्याट लगाएपछि व्यवसायीहरुल विरोध गर्दै आएका छन् ।
सुनचाँदी व्यवसायीहरुको तीन महासंघको केन्द्रिय सर्कुलर अनुसार व्यवसायीहरुले आज कास्कीका प्रमुख जिल्ला अधिकारी लाई ७ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।
व्यवसायीहरुले पोखराको सृजनाचोकमा जम्मा भएर नारा जुलुससहित रत्नचोक, वाइचोकहुँदै जिल्ला प्रशासन कार्यालय कास्कीमा गएर ज्ञापन पत्र बुझाएका हुन् ।
व्यवसायीहरुले हाल सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मुल्य अभिवृद्धि कर तत्काल पुनविचार गरी खारेज गरिनुपर्ने, सुनचाँदी कारोबारलाई दीर्घकालिन रुपमा प्रोत्साहन गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरु निर्माण गरिनुपर्ने माग गरेका छन् ।
यस्तै कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दुरगामी प्रभावहरुको विस्तृत अध्ययन गरियोस् र त्यसबिना करको दायरा नबढाइनुपर्ने । छिमेकी मुलुक भारतमा सरहनै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने । विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्र्तराष्ट्रिय मान्यता प्राप्त को व्यवस्था गरिनुपर्ने ।
यस्तै निर्यातको ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरिपर्ने माग गरिएको छ ।
सुनचाँदी व्यवसायीहरुले माग सम्बोधनमा सरकारले वेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

